सिमान्त र बबिना एक अर्काको पछि लाग्ने बहाना खोज्दै (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : सिमान्त सन्तोष र बबिना भट्टराई खतिवडाको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्बजनिक गरिएको छ ‘तिम्रो पछि लाग्ने कुनै बहाना खोज्दै छु…’ बोलको गीतमा शब्द गीतकार तथा सञ्चारकर्मी शान्तिप्रियको रहेको छ भने दीपक शर्माको संगीत, नरेन्द्र वियोगीको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

उत्सव दाहालले छायाँकन गरेको गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । स्टुडियो छायाँकन गरिएको गीतको भिडियोमा गायक सिमान्त र गायिका बबिना फिचरिङ छन् ।