बलिउड चलचित्रमा तक्मेबुढाको यस्तो अबतार (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
हाँस्यटेलिसिरियल मेरी बास्सैमा तोक्मे बुढाका रुपमा चिनिएका हुन्, विल्सनविक्रम राई अर्थात् तक्मे बुढा । उनी पछिल्लो समय नेपाली चलचित्र लगायत देशविदेशमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा निकै ब्यस्त छन् ।
wilson-and-aayasha

उनै तक्मेबुढा अर्थात विल्सनविक्रम राईले केहि हप्ता अगाडि मात्र एक बलिउड चलचित्रमा काम गरे । जसका लागि उनी करिब दुई साता यो चलचित्रको छायांकनमा बिताए । चलचित्रमा विल्सनको भुमिका र गेटअपको बारेमा भने गोप्य राखिएको थियो ।

तर, चलचित्रको छायांकन सकिएको केहि समयपछि विल्सनले आफ्नो गेटअप सार्वजनिक गरेका छन् । उनले एक भिडियो नै युटुबमा राख्दै गेटअप सार्वजनिक गरेका हुन् । विल्सन गेटअपमा चाइनीज भेषमा देखिएका छन् ।

उनले अभिनय गरेको चलचित्रको नाम अझै पनि सार्वजनिक गरिएको छैन । बाल मनोविज्ञापनमा आधारित यो चलचित्रमा आयषा टाकिया र विल्सनले पर्दा शेयर गरेका छन् ।