तेजिन्द्र गन्धर्वको अाफ्नै जीवनकथा ‘साँईलीरीमई’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : गायन रियालिटी रहेको ‘द भ्वाइस अफ नेपाल’ को टप २४ बाट बाहिरिएको २ दिनमै गायक तेजिन्द्र गन्धर्व अाफ्नै जीवनकथा बोकेको गीत ‘साँईलीरीमई’ लिएर आएका छन् । द भ्वाईस अफ नेपालमा निर्मला हत्याकाण्ड बारे घटना गीत गाएर थप चर्चित भएका तेजिन्द्रको ‘साँईलीरीमई” गीतमा उनि आफैले अभिनय पनि गरेका छन् ।

डि.पी खनालको शब्द रचना रहेको गीतमा, संगीत शंकर थापा ‘स्माइल’को रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।
ललितपुरको रमणीय ग्रामीण क्षेत्र डुकुछापमा छाँयाकन गरिएको भिडियोमा अनिल के मानन्धरको छायांकन, बिकास ज्ञवालीको सम्पादन र बिकाश सुवेदीको निर्देशन रहेको छ। यस गीत र भिडियोलाई डश म्युजिकले प्रस्तुत गरेको हो।