सुर्य किरणको परदेशीको पिडा समेटिएको मार्मिक गीत (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : नेपाली ताराका टप १० फाइललिस्ट सुर्य किरण लामाको स्वरमा ‘सुरती’बोलको भिडियो सार्वजनिक गरिएको छ। भिडियोलाइ सुत्र इन्टरटेन्मेन्टको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक गीत धन कमाउन विदेशियका युवा तथा उनीहरुको घर परिवार श्रीमती प्रतिको प्रेम तथा पिडा दर्शाउने उक्त गीतलाई भिडियो मार्फत निकै मार्मिक तरिकाले प्रस्तुत गरिएको छ ।

केदार धिताल निर्देशित उक्त गीतमा गायक लामा स्वयमकै शब्द, संगीत रहेको छ भने सुनिता बजगाईं फिचर्ड रहेकी छिन भने गीतमा ज्ञानेन्द्र शर्माको छायांकन तथा निशान घिमिरेको सम्पादन रहेको छ ।