विदेशमा अलपत्र परेकाहरुको कथाव्यथा ‘आएन परदेशी’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : नेपाल आइडलको टप-६ बाट बाहिरीएका गायक सुरज थापाको नयाँ कोशेली ‘आएन परदेशी’बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । भिडियो गायक सुरज थापाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । उनले ग्रामिण परिवारको यथार्थ घटनालाई भिडियो मार्फत उतार्दै पहिलो पटक निर्देशनमा पाइला चालेका छन् | लाखौ बिदेशिएका नेपालीहरुको यथार्थ जीवनलाई चित्रण गर्दै गायक थापाले निर्देशकीय पाटो पनि अब्बल देखाएका छन् | गायक थापाकै गृह जिल्ला कोहलपुर चिसापानीको ग्रामिण भेगको रमणीय स्थलमा भिडियो छायांकन गरियको छ | भिडियोमा उत्तम हुमागाईंको छायांकन, बिकाश दाहालको सम्पदान र चन्द्र बहादुर थापाको कथा रहेको छ |

गायक सुरज थापाकै शब्द, संगीत रहेको भिडियोमा कलाकारहरु मन बहादुर थापा (बाबा), कबी राम थापा (जेठा बाबा), दिल माया थापा (आमा), चन्द्र बहादुर थापा (दाजु), तारा थापा (बहीनी), आरुशी परीयार , बाल कलाकारमा एन्जल थापा (भान्जी), मनन थापा (छोरा), गौरब थापा (भाई),जुनु थापा (छोरी), फिचर्ड रहेका छन् ।