सुनिलको को होला त्यो लोकप्रिय बन्दै (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्रहरुको सिक्वेल बन्ने चलन त हामीले देखेका सुनेका थियौं अब गीत र भिडियोको पनि सिक्वेल बन्न थालेका छन् “को होला त्यो” बोलको गीत र भिडियोले सफलता पाएपछि गायक सुनिल गिरिले गीतको सिक्वेल निकालेका छन् । “को होला त्यो २” केहि बर्ष अघि भएर फेरी पनि सफल हुन पुग्यो र अब गायक सुनिल गिरि सोहि गीतको अर्को सिक्वेल “को होला त्यो ३” लिएर आएका छन् । एक हप्ता अघि सार्वजनिक भएको उक्त गीतले अहिले राम्रो चर्चा बटुली रहेको छ । एक हप्तामा एक मिलियन भन्दा धेरैले भिडियो लाई यु ट्युबमा हेरी सकेका छन् । सिक्किममा छायांकन गरिएको यस गीतको निर्देशन भने अनिल मानन्धरले निर्देशन गरेका हुन् । पल शाह र क्रिस्टिना थापालाई फिचर गरिएको भिडियो ट्रेंन्डिङ्ग नम्बर एक मा पर्न सफल बनेको थियो ।