सुनिलको ‘आँपे’ मा हेरुका र सुजनको बिचमा निशा


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक तथा संगीतकार सुनिल पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ । सुनिलकै शब्द, संगीत र स्वरमा तयार भएको लोक कमेडी शैलीको ‘आँपे’ बोलको गीत निकै रमाईलो छ । प्रस्तुत गीतलाई अमृत ल्वागुनले एरेन्ज गरेका हुन् ।

दिपेन्द्र तिमल्सीनाको निर्देशनमा तयार भएको भिडियोमा सुजन श्रेष्ठ, हेरुका लामा, निशा लामा, नवराज भट्टराई लगायत कलाकारले अभिनय गरेका छन् । प्रेम लामा र राज सिग्देलले छायाङ्कन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।