सुन्दरको ‘क्यालेन्डर’ करोड क्लब पश्चात ‘मास्टर प्लान’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक सुन्दर भिकेटी र गायिका मेलिना राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । शंकर थापा ‘स्माइल’ को संगीत तथा खेम राज थापाको शब्द रहेको गीतको भिडियोमा द कार्टुन क्रु लाइ फिचर्ड गरिएको छ। गायक सुन्दरको ‘क्यालेन्डर’बोलको गीतले यु ट्युबमा करोड भिउ पाउन सफल भएको छ ।

क्यालेन्डर गीतको सफलता पछि सार्बजनिक ‘मास्टर प्लान’ बोलको गीतबाट पनि सुन्दर आशा बादी रहेका छन्। ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ लाक्पा डि लामाले सम्पादन गरेका हुन् भने बिकाश ज्ञवालीले कलर संयोजन गरेका छन् । भिडियोमा कन्सेप्ट तथा निर्देशन सरोज अधिकारीको रहेको छ।