स्मिता र शानिन्ध्यको चोखो माया सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: सशस्त्र प्रहरी बलका महानिरीक्षक एवम गीतकार शैलेन्द्र खनाल ‘शरद’को शब्द र संगीतकार गैरे सुरेशको कर्ण प्रिय संगीतमा रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शानिन्ध्य खनाल र स्मिता दाहालको स्वरमा रहेको गीत ”भुर्र भुर्र”मा कोविद बज्रको संगीत संयोजन रहेको छ। युवराज वाइबाको निर्देशनमा बनेको ‘भुर्र भुर्र’ को म्युजिक भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठको अभिनय रहेको छ । उत्सव दाहालको छायांकन र बिकाश दाहालको सम्पादन रहेको भिडियोलाई ओ एस आर डिजिटलको यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गायक शानिन्ध्य खनाल सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालका पुत्र हुन् भने गायिका स्मिता पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी हुन।