सितारामको अल्कोहलिक लभमा प्रियंका (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाली गायनमा ३० वर्षदेखि क्रियाशील गायक सिताराम पोखरेल अहिले फेरि नयाँ गीत भिडियो ‘अल्कोहलिक लभ ‘ दर्शक श्रोताहरु माँझ लिएर आएका छन् । राहुल प्रधानको संगीतमा बनेको यो गीतमा ललिता कुँवरको शब्द रचना छ । गायनमा गायिका मिना पोखरेलको साथ छ । हरेक गीतको म्युजिक भिडियोलाई आकर्षक बनाउने गरेका गायक सितारामले यसपटक पनि आफ्नो गीतको भिडियोमा नविनतम दिएका छन ।

चलचित्र अभिनेत्रीहरुले पोखरेलको भिडियोमा अभिनय गर्ने क्रममा यसपटक अल्कोहलीक लभमा चर्चित अभिनेत्री प्रियंका कार्की समेटिएकी छिन । कुनै भिडियोमा नेपाल सुन्दरीलाई त, कुनै भिडियोमा अभिनेत्रीलाई रोज्ने गरेका गायक पोखरेलले यसपटक अभिनेत्री प्रियंका कार्कीलाई रोजेका हुन । भिडियोमा प्रियंकाको साथमा विनोद न्यौपाने रहेका छन । सुव्रतराज आचार्यको निर्देशन रहेको भिडियोलाइ नवराज उप्रेतीले छायांकन र भारत रेग्मीले सम्पादन गरेका छन् ।