गायक नारायणबाबुको टुट्यो फुट्यो सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक नारायण बाबु कोईरालाको स्वरमा ‘टुट्यो फुट्यो’ बोलको गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटल कम्पनिमार्फत सार्वजनिक गरिएको छ। सुमन कुमार श्रेष्ठको शब्द तथा संगीतमा रहेको यस गीतलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका हुन्।

यस गीतको म्युजिक भिडियोमा प्रतिक्षा खड्का र विजय कृष्णको अभिनय रहेको छ भने म्युजिक भिडियोलाई जिवन शाहीले निर्देशन गरेका छन्। बासु बरालको सम्पादनमा रहेको उक्त म्युजिक भिडियोलाई अर्जुन पोखरेलले छायाँकन गरेका छन्।