सांगीतिक आकाशमा उदाउँदै सोलुखुम्बु लोखिमका अविराज राई (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

यतिबेला नेपाली सांगीतिक आकाशमा एक आसलाग्दा गायकको उदय भएको छ । उनि हुन् अविराज राई । उनले सविना तामाङको शब्द, सञ्चारकर्मी एवं संगीतकार उमेश लामाको संगीत र सुन्दर लामाको संगीत संयोजन रहेको “काँचो काँचो” बोलको गीतमा आफ्नो सुमधुर स्वर दिएका छन् ।

सानै उमेर देखि गीतसंगीत भनेपछि हुरुक्कै हुने राईको यो नै पहिलो गीत हो । गीतको हालै मात्रै म्युजिक भिडियो समेत सार्वजनिक भएको छ । निक्कै रोमान्टिक शैलीमा तयार गरिएको म्युजिक भिडियोलाई युवा निर्देशक प्रेम लामाले निर्देशन गरेका हुन् । गीत रोमान्टिक शैलीको भएकाले पनि त्यसैलाई फलो गर्दे आफुले भिडियोलाई पनि त्यसै अनुरुप रोमान्टिक शैलीमै तयार पारिएको निर्देशक लामाले बताए ।

अरुण न्यौपानेको छायांकन, विकास ज्ञावलीको सम्पादन रहेको भिडियोमा मदन खड्का र सलिना गुरुङको लोभलाग्दो अभिनयलाई हेर्न सकिन्छ ।

आजभन्दा २६ वर्ष अघि सोलुखुम्बुको लोखिममा जन्मेका गायक राई सानैबाट संगीतमा रुचिभएको र सबैले हौसला दिएर गीतसंगीतको क्षेत्रमा लागेको बताए ।

निरन्तर संगीत साधनामा क्रियाशिल उनले सांगीतिक क्षेत्रमा नै आफनो भविष्य बनाउने बताए । गायनमा मात्र नभई बाँसुरी, मादल, लगायतका बाध्यवादन समेत राम्ररी बजाउने बहुप्रतिभाका धनी गायक अविराज राईको आगामी संगीतयात्रा उज्वल र शुभ रहोस् हाम्रो पनि शुभकामना ।

भिडियो हेर्नुहोस्