शर्मिला श्रेष्ठको तिजको गीत “ह्यान्सम पोइ”सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
लोकगायिका शर्मिला श्रेष्ठको नयाँ तिजको गीत “ह्यान्सम पोइ” बजारमा आएको छ । इन हाउस क्रीयशनले बजारमा ल्याएको यस गीत लाई दिनेश लामाले संगीत दिएका छन । उक्त गीतमा बिनोद बन्जाराको शब्द तथा सुन्दर लामाको एरेन्ज रहेको छ । काभ्रेको विभिन्न ठाउमा खिचिएको गीतलाई अर्जुन खड्काले खिचेका हुन भने कोरियोग्राफी धनराज थापाले गरेका हुन । भिडियो निर्देशन दिनेश लामाले गरेको उक्त गीतमा रितु तामाङ र नायक हुत्त सन्जय लामा र हास्य कलाकार राजन चौलागाईं “खैराते” तथा सुरज श्रेष्ठले अभिनय गरेका छन ।