‘पिच रोड’ को सफलता पश्चात समीरको ‘घाममा सुकाई देउ'(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक समिर आचार्य लामो समय देखि अस्ट्रेलिया बस्दै आएका छन् । बिदेशमा रहेर पनि उनि सांगीतिक क्षेत्रमा सक्रिय छन् । उनले सांगीतिक क्षेत्रमा लामो समय बिताई सकेका छन् । सन् २०१२ मा उनले पहिलो सांगीतिक एल्बम सार्बजनिक गरेका थिए भने २०१४ मा दोश्रो एल्बम सार्बजनिक गरेका थिए । उनले दर्जनौ गीतमा आफ्नो स्वर दीइ सकेका छन् । उनको स्वरमा होइन भन्देउ न,दुनियाँ बेग्लै छ,चट्ट सलाम छ,पिच रोड लगाएत थुप्रै गीत चर्चित छन् । समिर बिदेशमा रहेर पनि उनि सांगीतिक कार्यक्रममा व्यस्त हुने गायकमा पर्दछन।

पिच रोडको सफलता पश्चात उनको आवाजमा ‘घाममा सुकाईदेउ’ बोलको गीत भिडियो सार्बजनिक गरिएको छ । गायिका बिद्या तिवारीले आचार्यलाइ साथ दिएकि छिन् । गीतमा शब्द तथा संगीत पनि गायक आचार्यकै रहेको छ। आंचल शर्मा र मन्जिल बस्नेतलाइ फिचर्ड गरिएको भिडियोलाइ राम कुमार केसीले छायांकन गरेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन्। भिडियोमा राजिब समरको कन्सेप्ट तथा कोरियोग्राफी रहेको छ । भिडियोलाइ मनोज बस्नेतले निर्माण गरेका हुन् ।