रुपक डोटेल र निकिता थापाको ‘तिमि सँधै’ भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल

काठमाडौँ: रुपक डोटेल र निकिता थापाको स्वरमा रहेको नयाँ भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक ‘तिमि सँधै’ बोलको गीतमा दिपक जंगमको संगीत तथा दिल खड्काको शब्द रचना रहेको छ । किरण कंडेलको संगीत संयोजन रहेको गीतमा मायालुले आफ्नो मायालु प्रति समर्पित भाव व्यक्त गरिएको छ। राज खड्काले निर्देशन गरेको भिडियोमा एक जोडी मायालुको विभिन्न कृयाकलापलाइ उत्कृस्ट तरिकाले भिज्युलाईज गरिएको छ । भिडियोमा महेश खड्का र बिपना थापा लाई फिचर्ड गरिएको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियो जिटुजी मिडियाको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३