रेश्मा सुनुवारको ‘उल्लु’ मा अनुराग र स्वीकृतिको प्रेम (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

द बिस्पा र इन्टेस ईल्डको निर्माणमा गायिका रेश्मा सुनुवारको गीत ‘उल्लु’ को म्युजिक भिडियो सार्वजिक गरिएको छ । गायिका रेश्मा सुनुवारको शब्द तथा संगीत र आवाजमा तयार भएको गीत ‘उल्लु’ लाई गायिका सुनुवार कै अफिसिएल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

म्युजिक भिडियो निर्देशक बिभोर पोख्रेलको निर्देशन रहेको भिडियोमा कोरियोग्राफी र लिड मेल मोडलमा अनुराग ठकुरी रहेका छन्। अनुराग संगै भिडियोमा फिमेल मोडलमा स्वीकृति प्याकुरेल , समिता ओझा र डिचेन लामालाई फिचर गरिएको छ। भिडियोलाई सिनेमाटोग्राफर अनिल के मानन्धरले खिचेका हुन्। चितवनको रमणीय स्थानमा छायांकन गरिएको यस गीतमा निर्देशक बिभोर पोख्रेलको मेहेनत राम्रै देखिन्छ । उनले भिडियोमा गायिकाको लिप सिंक देखि ४ जना मोडलहरुलाई राम्रै फ़िचरिङ्ग गराएका छन ।