किरातीले कस्तो माया लाए हाँसो सबै रित्ति गयो (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
prabin-kiratee
२०५४ साल देखि धरानको अनाम नाट्य जमात बाट कलाकारितामा प्रवेश गरि २०५६ सालमा रास्ट्रीए नाचघर (सास्कृतिक संस्थान) काठमाडौँमा गायन विधाको तालिम लिएर कलाकारिता छेत्रमा छिरेका कलाकार प्रविन किरातीले गायनका साथ साथै अभिनय ,भिडियो निर्देशन, इभेन्ट म्यानेजमेन्ट, कार्यक्रम प्रस्तोतामा काम गरि सकेका किरातीले हालै “कस्तो माया लाए ” नामक गीति एल्बमको टाइटल सङ्ग ‘कस्तो माया लाए मैले हाँसो सबै रित्ति गयो’ को म्युजिक भिडियो सार्बजनिक गरेका छन् ।

उक्त गीतमा स्वर र शब्द रचना र किरातीको रहेको छ भने संगीत -जन्म राई ,एरेन्जर- उदय राज पौडेलको रहेको छ । उक्त भिडियोको छायांकन दुबइको बिभिन्न सहरमा गरिएको छ। जसमा कलाकार राजेश बोहरा ,सेलिला मगर, कुसल बुचा क्यामरा र निर्देसन- रोहित कार्की ,सम्पादन- ओम् प्रसाईको रहेको छ । गायक किरातीले देशका विभिन्न सहरहरुको स्टेज कर्यक्रममा गायन प्रस्तुति दिनुका साथै दुबइ, सिंगापुर, हंगकंग, मलेसिया,थाईलेन्ड र कतार जस्ता अन्तरास्ट्रिय कार्यक्रममा समेत आफ्नो प्रस्तुति दिईसकेका छन् ।