ठमेल बजारकी सुन्दरी एलिशालाई पलले ट्युशन पढाउँदै (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
गत बर्ष एउटा गीतले निकै चर्चा पाएको थियो, ‘सेल्फी हानौँला’ । झण्डै तीन वटा एल्बममा संगीत भरिसकेका तथा केहि गीत समेत गाएका शंकर थापा (स्माईल)लाई त्यो समयसम्म दर्शक-श्रोताले चिनेकै थिएनन् तर, ‘सेल्फी हानौँला’बाट उनको चर्चा शिखरमा पुग्यो ।
paul-shah-alisa-rai
उनी एका-एक व्यस्त बने । उनले देश-विदेशका महोत्सव तथा कार्यक्रममा भाग लिन भ्याई-नभ्याई भयो । ‘सेल्फी हानौला’को चर्चासँगै शंकरलाई एउटा चिन्ता पर्‍यो किनकी अब उनले त्यस्तै हिट हुने गीत बनाउनु जरुरी थियो । त्यसैको निरन्तरता स्वरुप उनले ‘सेल्फी २’ गीत ल्याएका छन् । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको उक्त गीतको बोल राखिएको छ, ‘ट्युशन पढाउँछु’ । विकास सुवेदीले निर्देशन गरेको उक्त गीतको भिडियोमा नायक तथा मोडल पल शाह र हालै मात्र ‘लुट २’को ‘ठमेल बजारमा’ बोलको गीतबाट चर्चामा रहेकी मोडल एलिशा राईको अभिनय छ ।

भिडियोमा पल एलिशालाई ट्युशन पढाउने शिक्षक बनेका छन् । पलले प्रेमको ट्युशन पढाईरहेका देखिएका छन् भने एलिशाले पनि मायाको ट्युशन पढिरहेकी छिन् । यो गीतमा डिपि खनालका शब्द, शंकरको संगीत, शंकर र पुजा सुनुवारको स्वर रहेको छ । भिडियोलाई अनिल यूनिकरेलले छायांकन गरेका छन् भने शिलन लम्शालले सम्पादन गरेका छन् ।