‘परदेशीलाई दशैं न तिहार’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

हिन्दुहरुको महान चाड दशैं तिहार नजिकिएसंगै थुप्रै गीतहरु सार्वजनिक भई रहेका छन् । गायक तथा संगीतकार, पुष्कर सुनुवार र पुजा सुनुवारको स्वरमा रहेको ‘परदेशीलाई दशैं न तिहार’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

केशव विश्वकर्माको शब्द तथा संगीतमा रहेको गीतमा पुष्कर सुनुवारले एरेन्ज गरेका छन् भने परदेशीएको मान्छे दशैंमा घर फर्किन नपाएको पीडालाई समेटेर गीत तयार पारिएको छ । सार्बजनिक भिडियोलाई केशव बिश्वकर्माले निर्देशन र छायांकन गरेका छन् भने जितेन वान्तवा ले भने भिडियोलाई सम्पादन गरेका छन्।