पल र प्रमोदको जुम्ल्या दिदि बहिनि प्रिन्सी प्रिज्मासंग रोमान्स (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक प्रमोद खरेलको ‘झुमा २’ भिडियो सार्वजनिक गरिएको छ। प्रमोद खरेलको आफ्नै युट्युव च्यानलमा शुक्रबार सार्वजनिक गरिएको हो। झुमा झुमा बोलको गीतमा गायक खरेलको साथमा अभिनेता पल शाह, टिक टक क्विनबाट चिनिएका जुम्ल्याहा दिदिबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय रहेको छ।

गीतको म्युीजक भिडियोलाई चर्चित हाँस्य टेलिसिरियलका श्रृङ्खला निर्देशक एवम् कलाकार काकु अर्थात दीपक आचार्यले निर्देशन गरेका छन्। हिमान्सु रायमाझीको शब्द तथा भिम विसीको संगीतमा रहेको गीतको भिडियोलाई शुभम भुजेलले कोरियोग्राफी गरेका छन्। सुप्रिम पराजुलिको सम्पादन तथा अर्जुन तिवारीको सिनेमेटोग्राफी रहेको छ ।