पल र आँचल भन्दैछन् ‘जे पनि हुन्छ सक्छ मायामा'(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : युवा गायक राजेश के सी र चर्चित गायिका टिका प्रसाइको स्वरमा रहेको ‘जे पनि हुन्छ सक्छ मायामा’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राज प्रताप के. सीको शब्द र संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ भने भिडियोमा चर्चित जोडी पल शाह र आँचल शर्माको अभिनय रहेको छ ।

गम्भीर बिस्टको कोरियोग्राफी उत्सव दाहालको सिनेमाटोग्राफी र सुप्रिम पराजुलीको सम्पादन रहेको ‘जे पनि हुन्छ सक्छ मायामा’ को भिडियोलाई पछिल्लो समयका ब्यस्त भिडियो निर्देशक बिकाश सुबेदीले निर्देशन गरेका हुन भने भिडियो एसियन म्युजिकको अफिसियल च्यानल मार्फत सार्बजनिक गरिएको हो । लामो समय देखि अस्ट्रेलियाको सिड्नी बस्दै आएका गायक राजेश के. सीको करिब १ दर्जन गीतहरु सार्बजनिक भई सकेका छन ।