नितालाइ ‘बाडुल्की’ लाग्दा जीवन र अनिललाइ सकस (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका निता थापा मगरको नयाँ गीत बाडुल्की लाग्छ सार्वजनिक गरिएको छ। शुक्ररबार युट्युब मार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा अहिलेका ब्यस्त अनि चर्चित संगीतकार राजनराज सिवाकोटीको संगीत रहेको छ भने डिपी खनालले शब्द दिएका छन्। गीतको एरेन्ज शाहस शाक्यले गरेका हुन्।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायिका नितासँगै अनिल थापा, जीवन भट्टराई र पुजा राना फिचरिङ छन्। उत्सव दहालले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। भिडियोमा राजिप समरको नृत्य निर्देशन रहेको छ।