नवल नेपालको निर्देशनमा माधब र सुष्मिताको अभिनय (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक बल बहादुर राजबंशीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । महेन्द्र तामांङको शब्द रचना रहेको गीतमा संगीत गायक स्वयम् बल बहादुरको रहेको छ । भिडियोमा माधब केसी र सुष्मितालाइ फिचर्ड गरिएको छ । पुर्वान्चलमा बसेर लामो समय देखि नेपाली कला क्षेत्रमा सक्रिय माधब केसी भन्छन भिडियो राम्रो बनेको छ र भिडियोलाइ दर्शकले मन पराउने छन् । थुप्रै सफल चलचित्र समेत निर्देशन गरि सकेका निर्देशक नवल नेपालको निर्देशनमा बनेको भिडियोलाइ श्री कुमार राइले छायांकन गरेका हुन् भने नबिन निरौलाले सम्पादन गरेका हुन् ।