नबिनको डान्सिङ्ग नम्बर ‘तिरीमिरी झ्याईँ’ सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक नबिन कटुवालको नयाँ गीत ‘तिरीमिरी झ्याईँ’को भिडियो सार्वजनिक भएको छ । २०६४ सालदेखी गायन क्षेत्रमा सक्रिय कटुवालले यसपटक ‘डान्सिङ्ग नम्बर’ प्रस्तुत गरेका हुन् ।
गीतमा नबिनको स्वर, प्रकाश नेपालीको संगीत तथा गणेश शाहको रचना रहेको छ । नबिन आँफैले निर्देशन गरेको यस गीतको भिडियोमा सुनिल, रोहनी लगायतका कलाकारहरुको नृत्य रहेको छ । गीतमा प्रिती गुरुङ्को कोरियोग्राफी छ । सरोज अधिकारीले छायांकन गरको गीतलाई पोखरा आसपासका रमणिय स्थानहरुमा खिचिएको छ ।

नबिनले यसअघि आधुनिक गिती संग्रह ‘कोशेली’ तथा ‘साथ’ बजारमा ल्याएका थिए । स्थायी घर भोजपुर भएतापनि पोखरामा सक्रिय नबिनले छिट्टै अर्को गीतको भिडियो पनि प्रस्तुत गर्ने बताए ।