मोडलबाट निर्देशक बन्दै राजु


सेलिब्रेटी नेपाल काठमाडौँ

लामो समयदेखी अष्ट्रेलियाको ब्रिसबेनमा रहेरै पनि डायस्पोरा र नेपालमा आफ्नो मोडलिंग र अभिनयमा सक्रिय भएका राजु कानले हालसालै शाशन कंडेलको सुमधुर स्वरमा सजिएको “ जानेभए जाऊ” बोलको म्यूज़िक भिडियो सार्वजनिक गरेका छन। मिठो शब्द चयन र संगितको संयोजनलाई राजूले आफ्नो हिसाबले बिल्कुलै नयॉं र फरक म्यूज़िक भिडियो बनाउने क्रममा मोडलहरू भानु, प्रतिभा र दिनेशसंगै अन्तराष्ट्रीय मोडल एमीको अभिनयले भिडियो राम्रो बनेको छ।

चितवनको लंकुमा जन्मेका र AE GLOBAl education & visa चितवनका म्यानेजिगं डायरेक्टर राजूले यस भन्दा अगाडी पनी १ दर्जनभन्दा बढी म्यूज़िक भिंडियोंबाट संगालेको अनुभव पहिलो पटक भिडियो निर्देशन गरेका हुन। अस्ट्रेलियामा छायांकन गरेको भिडियो लाइ दर्शकले मन पराउनेमा निर्माण टिम बिश्वत रहेको छ ।