केकी र विनोदको जोडी क्या दामी (भिडियो)


keki-milan
केकी अधिकारी र बिनोद न्यौपाने अभिनीत नयाँ म्युजीक भिडीयो सार्बजनिक भएको छ । रोमान्टीक बेशमा तयार गरिएको भिडीयोमा केकी लजाउदा समेत निकै राम्रो देखिने बताएका छन् । राम सिटौलाको शब्द तथा संगीतमा पदम आचार्यको स्वर मिसाएको गीतको अडीयो समेत निकै रोमान्टीक बनेको छ ।

आफ्नो पहिलो गीत दर्शकमाझ सार्बजनिक गरेका गायक आचार्यले आफुलाई सार्बजनिक गीतले स्थापीत गायक बनाउने बताए । आफ्नै जन्मदिनमा बजारमा ल्याएको गीतलाई दर्शक श्रोताले साथ उनको बिस्वास छ । पछिल्लो समय म्युजीक भिडीयो निर्देशनमा व्यस्त बिसाल भण्डारीले निर्देशन गरेको म्युजीक भिडीयोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सम्पादन निसान घिमीरेको रहेको छ ।