गोन्पो शेर्पाको नयाँ भिडियो हिमाली भेगैमा सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

सिन्धुपाल्चोकको फुल्टिङकटी पागेपमा जन्मेका गायक गोन्पो शेर्पाले नयाँ भिडियो “हिमाली भेगैमा गाँऊ हाम्रो” बोलको सेलो गीत युटुबमार्फत् सार्वजनिक गरेका छन् । तामाङ समुदाय र शेर्पा समुदाय बीचको संस्कृति, भेषभूषा अनि माया प्रेमका प्रसंगलाई जोड्दै गायक शेर्पाले ठट्यौली शैलीमा सेलो भाका मार्फत् उत्कृष्ट गीत र भिडियो बनाएका छन् ।

विशेषगरी एउटा शेर्पा समुदायका युवाले तामाङ समुदायकी युवतीलाई मन परेको र माया प्रेम साट्न अनुरोध गरिएको भाब बोकेको गीतमा गायक शेर्पालाई गायिका इन्दिरा गोलेले साथ दिएकी छिन् । जीवन बम्जनको शब्द रहेको गीतमा विशाल योन्जनले निकै मनछुने संगीत भरेका छन् भने राजु खड्काले संगीत संयोजन गरेका छन् । यस अघि “शेर्पाको छोरा पनि हिरो छ” बोलको गीत गाएर चर्चा कमाएका उनको यो गित पनि दर्शकले रुचाउनेमा शेर्पा बिस्वस्त रहेका छन् । अजय स्याङतानले निर्देशन गरेको सो गीतको भिडियोमा स्वयम् गायक गोन्पो शेर्पा, अप्सना थापा, छेवाङ शेर्पाको अभिनय रहेको छ ।