बिशाल कुमारको मार्मिक गीत ‘जिउछु भनि’ मा गौरव


सेलिब्रेटी नेपाल

काठमाडौँ : गायक बिशाल कुमार सैंजुको स्वरमा रहेको मार्मिक गीत ‘जिउछु भनि’ को भिडियो सार्वजनिक गरिएको छ । सार्बजनिक गीतमा गरिबीको पिडालाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । गीतमा गायक स्वयमकै शब्द र संगीत रहेको छ । संगीत सापकोटा निर्देशित भिडियोमा गौरव पहारी,संजीत मल्ल, भीमा मैनाली र देबेन्द्र काफ्लेको अभिनय रहेको छ अमृत बाबु केसीले छायांकन गरेको भिडियोलाइ निभल बज्राचार्यले सम्पादन गरेका छन्।