डिबिको गीतमा भोला र मनुको रोमान्स (भिडियो)


सेलिब्रेटी नेपाल  काठमाडौँ: डिबि श्रेष्ठको शब्द संगीत तथा स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । गायक डिबि श्रेष्ठलाइ फिमेल आवाजमा गायिका विनिता राईले साथ दिएकि छिन। दुइ मायालु जोडिको रोमान्सलाई गीतको म्युजिक भिडियोमा देखाइएको छ । कलाकार तथा पत्रकार भोला अधिकारी र मनु थापालाइ फिचर्ड गरिएको छ । जनक राज अधिकारीको छायाँकन, राज कार्कीको सम्पादन, अनिल मगरको नृत्य निर्देशन रहेको छ । ‘आज आज’ बोलको गीतको भिडियोलाई भोला आफैले निर्देशन गरेका हुन ।