ब्रबिमको ‘सेवारो नमस्ते’ मा विल्सन र एलिसा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: झण्डै डेढ दशक देखि सांगीतिक यात्रामा लागेका गायक ब्रबिम शेर्मा लिम्बूको नयाँ गीत ‘सेवारो नमस्ते’ को भिडियो सार्वजनिक गरिएको छ । दिल कमल शेर्मा को शब्द अनि दिल कमल र ब्रबिम शेर्माको संगीत रहेको ‘सेवारो नमस्ते’ मा हास्यकलाकार विल्सन बिक्रम राइ र एलिसा राइको अभिनय रहेको छ ।भिडियोमा नवराज उप्रेतीको क्यामेरा भरत रेग्मीको सम्पादन र विल्सन बिक्रम राइको निर्देशन रहेको छ ।

झण्डै डेढ दशक देखि सांगीतिक यात्रामा लागेका ब्रबिम शेर्मा लिम्बूको आधा दर्जन भन्दा बढी एल्बम सार्वजनिक भैसकेको छ भने उनको करिब ३० वटा भन्दा बढी नेपाली गीतहरु , करिब १०० भन्दा बढी लिम्बु गीतमा स्वर र ५० मा संगीत भरिसकेका ब्रबिम लिम्बु संगीतको मुल खम्बाकै रुपमा स्थापित पनि भइसकेका छन् । उन्ग्मबो यांघेक ,पनुनुमा ,नाना नाना हङकङ नानाको,चिखाङेआङ युखाङेओ खेन केलुङमाबो ,याक्थुङ तङ्नाम्मो लगायत दर्जनौ गीतहरु सर्वाधिक रुचाइएका छन भने उनले हङकङ ,सिंगापुर,मलेसिया ,यु के ,साउथ कोरिया ,कतार ,भुटान , भारत लगायतका देशमा आफ्नो सांगीतिक प्रस्तुति दिइसकेका छन् ।