Celebrity-Nepal-You-Tube-Channel

अमृत क्षेत्रिको ‘मग मग’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ
भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक अमृत क्षेत्रिले आफ्नो स्वरमा सजिएको गीत ’मग मग’ लिएर दर्शक तथा श्रोता सामु आएका छन् । गीतमा अमृतसंगै उनकै श्रीमती संगीता क्षेत्री फिचरीङ छिन । गीतको भिडियोमा यी दुईको प्रेमलाई देखाइएको छ । गीतमा एक अर्काको प्रेमको चर्चा गरिएको छ ।

गीतलाई माया गर्ने जोडीले रुचाउने विश्वास गायक छेत्रीको रहेको छ । गीतमा माया आभास गराउने मोमेन्ट राखिएको छ । गीतमा एक नारायण भण्डारीको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतलाई बुद्ध थापा र उनको टिमले छायाँकन गरेका हुन् भने यसलाई विकास धमलाले सम्पादन गरेका हुन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

somersby Banner