आयुषाको ‘देश भित्र’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: आयुषा खनियाँको आवाज रहेको ‘देश भित्र’ बोलको बालगीत भिडियो सार्बजनिक गरिएको छ । डाक्टर कृष्णहरि बरालको शब्द रहेको गीतमा गैरे सुरेशको संगीत छ । यो गीतको भिडियोलाई सन्तोष खनालले निर्देशन गरेका हुन् । भिडियोमा सुरेश राउतको सम्पादन, वुद्ध थापाको छायांकन, सुमन सागरजंग केसीको कोरियोग्राफी छ । भिडियोमा आयुषा आफैले अभिनय गरेकी छिन् । आयुषाको साथमा अन्य केही बालकलाकारलाई यो भिडियोमा देख्न सकिन्छ ।