भिन्तुनालाई कुर्दाकुर्दे पवनको उमेर ढल्केपछि (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
gggg
रचनाकार घन बहादुर थापा मगरको शब्दमा ‘आउछु भन्ने मायाको बाटो हेर्दाहेर्दै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मायाको सन्सार एल्बममा समावेश उक्त गीतको भिडियोलाई पवन शाक्यले निर्देशन गरेका हुन् ।

गीतमा संगीत र एरेन्ज पावल चाम्लिङ राई रहेको छ । राजेश पायल राईको स्वर रहेको गीतको भिडियोमा कलाकार भिन्तुना जोशी र पवन शाक्य फिचरिङमा छन् ।

भिडियोलाई फराज अर्पणले खिचेका हुन् भने सम्पादन पनि स्वयम फराज कै रहेको छ ।