आर्यन अवतारको ‘प्रेम कहानी’मा आयुष्मा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायिका मेलीना राइ र गायक आर्यन अवतारको स्वरमा रहेको नयाँ भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक ‘प्रेम कहानी’ बोलको गीतमा आयुष्मा कार्की,आर्यन अवतार र निशा खकुरेललाइ फिचर गरिएको छ । आर्यन भट्टराईको शब्द तथा संगीत रहेको गीतको भिडियोलाइ बिरेन्द्र भट्टले छायांकन गरेका हुन् । लिगेश भट्टराईले निर्देशन तथा सम्पादन गरेको भिडियोलाइ अर्जुन थापाले कलर संयोजन गरेका छन्। सार्बजनिक गीतमा आर्यन अवतारले र्याप गाएका छन् । आर्यनकोको र्यापलाइ दर्शक श्रोताले मन पराउनेमा उनि बिश्वस्त छन् । निर्देशक लिगेश भट्टराई गीत अनुसार भिडियो बनेकोले दर्शक श्रोताको मनमा बस्ने बताउछन् ।