शिवशंकर मानन्धर


 

शिवशंकर मानन्धर
गायक/संगीतकार

  • जन्म – १९८९ फागुन ११
  • जन्मस्थान- पाको न्यूरोड
  • पिता-मान बहादुर मानन्धर
  • माता-राम माया मानन्धर
  • शिक्षा- संगीत (बशारह)
  • सेवा -रेडियो नेपालको स्थापना कालदेखि २०४९ साल जेठ १ गतेसम्म नेपाली संगीत क्षेत्रको निम्न लिखित विभिन्न पदहरुमा उल्लेखनीय काम गरी अवकाश प्राप्त गरेको
  •  गायन पदमा २०२५ सालसम्म
  • लोकगीत प्रबन्धकमा २०३४ सालसम्म
  • शास्त्रीय संगीत प्रबन्धकमा २०४३ सालसम्म
  • श्री रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धकमा २०४३ सालदेखि २०४९ सम्म पदमा काम गरेको
  • २०४९ सालदेखि रेडियो नेपालको संगीत महाशाखा प्रमुख भइ काम गरेको

 

सम्मान एवं पुरस्कार

  • प्रथम नेपाली कथानक चलचित्र ‘आमा’मा नायकको भूमिका खेले वापत महेन्द्ररत्न आभुषण प्राप्त २०३१ साल शुभराज्यभिषेक पदक प्राप्त
  • २०३४ साल प्रबल गोरखा दक्षिणबाहु प्राप्त
  • २०५३ साल त्रिशक्तिपट्ट तेस्रो प्राप्त
  • २०५३ साल गद्दि आरोहण रजत महोत्सव पदक प्राप्त
  • रेडियो नेपालद्वारा आयोजना गरेको अखिल नेपाल संगीत प्रतियोगितामा प्रथम भई निम्न स्वर्ण पदक प्राप्त
  • २०१९ साल गायनतर्फ प्रथम भई स्वर्णपदक
  • २०२० साल संगीत रचना तर्फ स्वर्णपदक
  • २०२१ साल संगीत रचनातर्फ स्वर्णपदक
  • २०२५ साल संगीत रचनातर्फ स्वर्णपदक
  • २०२९ साल संगीत रचनातर्फ स्वर्णपदक

संगीतकार
नेपाली चलचित्र मनको बाँध, कुमारी, शान्तिदीप र २५ वसन्तको संगीतकार
हालसम्म नेपाली आधुनिक, लोक, राष्ट्रिय, भजन आदि गरी करिब ३ हजारभन्दा बढीमा संगीत रचना गरेको ।
गीतिनाट्य-नालापानी, प्रतिक्षा, सत्यम शिवम सुन्दरम, हामी आफ्नै भरमा जिउँछौं, सुलोचना आदि ।
भ्रमण-नेपाल संस्कृत मण्डल सदस्यको रुपमा भारत, पाकिस्तान, सोभियत संघ, बर्मा, चीन, उत्तर कोरिया