अरुणा लामा


 

अरुणा लामा

उदास मेरो जीवन कथा कसै लाई भनिन

यो जन्म भरि सहेको व्यथा त्यो पनि भनिन

  • जन्म मिति- २००२ भाद्र २४
  • जन्म स्थान- घुम पहाड दार्जलिंग इन्डिया
  • पिता- सुर्य  बहादुर लामा
  • माता-सन्माया  लामा
  • पहिलो गीत-हे कान्छा मलाई सुनको तारा खसाइ  देउ (२०१६  साल मा रेकर्ड भयको )
  • मृत्यु-२०५४ साल माघ २२ गते
  • पुरस्कार तथा सम्मान -गायनमा लामो सेवा र निपुणतापूर्ण काम गरेबापत उनी प्रबल गोरखा दक्षिणबाहुबाट विभूषित भइन् । साथै उनले छिन्नलता पुरस्कार, भानु अकादमी पुरस्कार, मित्रसेन पुरस्कारलगायत नेपाल तथा भारतबाट थुप्रै पुरस्कार, सम्मान र अभिनन्दनहरू पनि ग्रहण गरेकी थिइन्।

 

अरुण लामा ले प्राय बेदना र पीडाका गीत हरु मात्र गाइन उनको जीवन संघर्ष नै  संघर्ष ले भरियको थियो दुखै दुखले घेरियाको थियो मानौ उनको जीवन नै एउटा दुखात्मक कथा थियो अनि त्यहि कथाले नै उनि स्वर किन्नरी भइन,मेलोडी क्विन भइन् र नाइटिङ्गेल अफ हिमालय भइन् । त्यतिमात्र होइन गीतका पारखीले उनलाई ट्राजेडी क्विन पनि भन्थे । यी सबै बेहोरालाई जोडेर छोटकरीमा अरुणा लामाको परिचय दिँदा उनी स्वर सम्राज्ञी थिइन्।अरुणा १३ वर्षको हुँदा यिनको भेट शरण प्रधानसँग भएको थियो । अम्बर गुरुङसँग सङ्गीत सिक्न जाँदा शरण र अरुणा एकअर्का प्रतिको आकर्षणमा  थिए । परिणामस्वरूप अरुणा लामाले १९ वर्ष टेक्नासाथ शरणको इच्छालाई स्वीकार गर्दै उनीसँग बिहे गरेकी थिइन् । २०२० साल असार २५ गतेदेखि अरुणा वैवाहिक जीवनमा प्रवेश गरिन् । बिहेअघि र पछि यी दम्पति स्कुलको शिक्षण पेसामा आबद्ध थिए।

अरुणा र शरणको मिलनबाट एउटी छोरी सपना र एउटा छोरा सुप्रित जन्मे । छोरी सपना पनि गीतगायनमा अग्रसर भइन् । अरुणा र शरणको दाम्पत्य जीवनको १० वर्षपुग्दानपुग्दै अरुणाका जीवनमा एउटा विनाशको हुन्डरी आयो, एउटा कालो आँधी आयो र उनका टाउकामा पृथ्वी नै आएर थेचारियो । अर्थात् भनौँ शरण प्रधान मुर्छा पर्दापर्दै संसारबाटै बिदा भए

पोहोर साल खुसी फाट्ता जतन गरी मनले टालेँ
त्यही साल माया फाट्ता त्यसलाई पनि मनले टालेँ
यसपालि त मनै फाटयो केले सिउने केले टाल्ने हो ?

http://youtu.be/xMnZ97R1H-A