महाकबि लक्ष्मी प्रसाद देवकोटा


महाकबि लक्ष्मी प्रसाद देवकोटा
जन्म-१९६६ कार्तिक २७ लक्ष्मी पुजाको दिन
जन्म स्थान-डिल्ली बजार काठमाडौँ
पिता-तिलमाधव देवकोटा
माता- अमर राज्यलक्ष्मी देवी
मृत्यु-२०१६ भाद्र २९ गते
शिक्षा-स्नातक

बाल्यकालमा नै अमरकोश घोकेका तथा स्तोत्रमाला पढेका देवकोटाले दस वर्षको उमेरमा कविता लेख्न सुरु गरेका थिए । उनका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित भई सबैभन्दा बढी बिकेको पुस्तक हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवत्र्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए भने नाट्यसम्राट् बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।

विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभित्र सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए । विसं २०१६ मा आफू शिक्षा तथा स्वायत्तशासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागु गर्नु–गराउनु र वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु उनका अविस्मरणीय देन हुन् ।

तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ । पारिवारिक चिन्ता र राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको विशेषता हो ।

प्रकाशित कृति हरु-

महाकाव्य 

शाकुन्तल,सुलोचना, बनकुसुम, महाराणा प्रताप, पृथ्वीराज चौहान, प्रमीथस

कविता/छोटा उपन्यास/निबन्ध 

 

  1. बाल  जस्तो
  2.  कुञ्जिनि – (खण्डकाव्य)
  3. गाइने गीत
  4. पुतली
  5. कृषिवाला – गीतिनाटक
  6. दुष्यन्त-शकुन्तला भेट खण्डकाव्य
  7. मुनामदन – खण्डकाव्य)
  8. रावण-जटायु युद्ध
  9. लक्ष्मी कविता संग्रह
  10. लुनि)
  11. सुनको बिहान- बालकविता
  12. राजकुमार प्रभाकर
  13. सीता हरण
  14. म्हेन्दु
  15. धुम्रकेतु
  16. लक्ष्मी निबन्धसङ्‌ग्रह)

उपन्यास
चम्पा

http://youtu.be/kuSPjgWCBzs