आकाश आउट पल इन अब बर्षाको राजा पल


सेलिब्रेटी नेपाल

काठमाडौँ : निर्देशक मिलन चाम्सको चलचित्र ‘वीरविक्रम २’ बाट अभिनेता आकाश श्रेष्ठ बहिरिएका छन् । चलचित्र निर्माण संस्था चाम्स इन्टरटेनमेन्टले प्रेस बिज्ञप्ति जारि गर्दै आकाश चलचित्र बाट बाहिरिएको र आकाशको ठाउंमा पल शाह भित्रिएको जनाएको छ । आकाशको हजुरबुबा बिरामी भएको कारण उनिले ‘वीरविक्रम २’ छाडेको बताएका छन् । सोमवारमात्र निर्माण टिम र पलबीच कागजी सम्झौता भएको छ ।

अब उनी चलचित्रमा वीरको भूमिकामा हुनेछन् । चलचित्रमा नाजिर हुसेन, बर्षा सिवाकोटी, बुद्दि तामाङ, विनिसा भण्डारी, शिशिर राणा, क्षितिज सुवेदीलगायतका कलाकारहरु भने यथावत रहेका छन् । चलचित्रलाई मिलन चाम्सले निर्माण र निर्देशन गर्दैछन् । चलचित्र मङ्सिर ३ गते बाट छायांकनमा जाने भएको पनि प्रेस बिज्ञप्तिमा जनाईएको छ ।

अर्पण सापकोटा सह-निर्माता रहेको चलचित्रको कथा प्रदीप भारद्वाजले तयार पारेका हुन् । रंजित गजमेर, राजनराज सिवाकोटी, तारा प्रकाश लिम्बुको संगीत रहने चलचित्रमा सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व, बनिष शाहको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।