युरिशको प्रेमिका शृजना संग राजको रोमान्स (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

भरत बाबु के सी को शब्दमा गायक साजन राइ को गायन मा तयार भएको गीत छाति भित्रको म्यूजिक भिडियो सार्बजनिक गरिएको छ पी.एन्.पी. मिडियाको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजानिक भिडियोमा यूरिश कार्की, शृजना बस्नेत र राज श्रेष्ठको त्रिकोणात्मक प्रेम कथा सहितको अभिनय रहेको यो भिडियोलाई सी.सी.आर् पोख्रेल र आकाश श्रेष्ठले खिचेका हुन भने सम्पादन तथा निर्देशन कृष्ण पौडेलले गरेका हुन् । पोखरा, जोमसोम तथा काठमाण्डौका विभिन्न स्थल र धुलिखेलमा छायांकन गरिएको यस भिडियोलाई तारा सितारा प्रोडक्सनले निर्माण गरेको हो । पछिल्लो समयमा तारा सितारा प्रोडक्सनले गीत संगीत तथा म्यूजिक भिडियो निर्माण निकै सक्रियता देखाइरहेको छ ।