युवाहरुको कथा ‘काठमाडौँ भाइब्स’को चौंथो भाग सार्बजनिक(भिडियो)


सेलिब्रेटी नेपाल
काठमाडौं ।

युवाहरुलाई लक्षित गरेर निर्माण गरिएको नयाँ नेपाली वेब-एपिसोड ‘काठमाडौँ भाइब्स’को चौंथो भाग युट्युब मार्फत सार्वजनिक गरिएको छ । सपनाको शहर काठमाडौँमा कलेजमा अध्ययनरत युवा युवतीको वास्तविक जीवनमा आधारित भएर वेब-एपिसोड निर्माण गरिएको हो । काठमाडौँको विभिन्न भागमा छायांकन भएको चलचित्र पिएनपि मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सरोज खत्रीको निर्माण र पिएनपि मिडियाको प्रस्तुतिमा बनेको ‘काठमाडौँ भाइब्स’मा बिश्वाश भण्डारी, अमर लामा, ह्यारी कट्टेल, मेरिना माझी, बद्री पुडासैनी र बीबी राना, लक्ष्मी तामांग,मन्जु तामांग, उषा कार्की, एदिप राई र अन्जली थापाको मुख्य भूमिका रहेको छ। युबराज खत्रीको निर्देशन रहेको सिरिजलाई जीवन पराजुलीको छायांकन गरेका हुन्। अहिलेको समयमा यस वेब एपिसोड युवायुवती लगायत उनीहरुको बाबु आमाले मन पराउनेमा निर्माण पक्ष आशावादी छ। वेब एपिसोड प्रत्येक बिहिबार पिएनपि मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक हुनेछ।