‘यस्तो साथी तिम्रो बन्छु म’ अनुराग रोमान्टिक गीत सार्बजनिक(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘अनुराग’को दोस्रो गित सार्वजनिक गरिएको छ । ‘यस्तो साथी तिम्रो बन्छु म’ बोलको गितमा चलचित्रका मुख्य कलाकार एलिजा गौतम र समुन्द्र पन्डित फिचर छन । सत्यराजको शव्द, सरोज पोखरेलको संगितमा बनेको गितमा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ । यस अघि सार्बजनिक ‘कान्छा दाई गाना बजाई देउन’ गीत लाइ दर्शक श्रोताले मन पराएका छन् ।

एरिका फिल्मस्को व्यानरमा ऋिषीराज धमला प्रस्तुतकर्ता रहेको चलचित्रमा एलिजा र समुन्द्र अलावा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । सत्यराज चौलागाईँ निर्देशित ‘अनुराग’का निर्माता भरत गौतम र गीता भेटवाल हुन् । किरण दाहालको कथा रहको चलचित्रमा सत्यराज र आगत केसीको पटकथा संवाद, रामकुमार केसीको छायाँकन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ । चलचित्र साउन २५ गते सार्वजनिक प्रर्दशनमा आउदै छ ।