उपत्यकामा मछु नि तिम्रो सोलो , मोफसलमा माई ब्रदर


सेलेब्रिटी नेपाल असोज २५- शुक्रबारबाट नेपाली चलचित्र “मछु नि तिम्रो” र “माई ब्रदर” गरि दुई नेपाली चलचित्र सार्वजनिक प्रदर्शन हुँदै छन् । दुई चलचित्र मध्य मछु नि तिम्रो उपत्यकामा रिलीज हुन लागेको हो भने माई ब्रदर उपत्यका बाहिर बाट प्रर्दशनमा आउने भएको छ । मछु नि तिम्रो मदन घिमीरेको निर्देशनमा तयार भएको चलचित्र हो भने माई ब्रदरलाई बिष्णु भट्टराईले निर्देशन गरेका हुन्।

मछु नि तिम्रो सोफिया सिनेआर्ट फिल्मस्को ब्यानरमा निर्माण भएको छैटो चलचित्र हो । एक बर्ष अगाडी उपत्यका बाहीर प्रर्दशनमा आयको यस चलचित्र पालो प्रणाली अन्तरगत उपत्यकाका सबैहलहरु बाट प्रर्दशनमा आयको हो । सिङ्गल रिलीज भएर पनि होला राजधानीको महत्वपुर्ण मानिएको बिस्वज्योति लगायत २० चलचित्र घर बाट चलचित्र रिलीजमा आयको छ । माया प्रेमलाई मुख्य बिषय बस्तु बनाईएको यस चलचित्रमा रोज राणा ,सौजन्य सुब्बा ,आयुस रिजाल करण क्रेजी आदीले मुख्य भुमिकामा अभिनय गरेका छन् । मौनता श्रेष्ठको लेखन ,एन बि महर्जनको द्धोन्द र कृष्ण श्रेष्ठको छायांकन रहेको चलचित्रको संगित चेतन सापकोटाले र बसन्त सापकोटाले मिलेर गरेका छन् । चलचित्रका तिमी बिनाको जिबन बोलको गितमा गत बर्ष सि.आर.बि.टीमा सबै भन्दा बढी कलेक्सन गर्न सफल भएका थियो । चलचित्रलाई रोज राणाले नै निर्माण गरेका हुन् । चलचित्र माया नमार बाट चलचित्र क्षेत्रमा लब स्टोरी चलचित्र निर्माण गर्ने परम्परा बसालेका निर्देशक मदनले आफ्ना चलचित्र माया नमार जस्तै यो चलचित्र पनि लब स्टोरी भएको ले सफलता हात पार्नेमा आफु बिस्वत रहेको बताए ।
त्यस्तै माई ब्रदरमा दाजु भाई बिचको सम्बन्धलाई मुख्य बिषय बस्तु बनाईएको छ । उपत्यका बाहीरको बिस वटै सिनेमा भबनबाट प्रर्दशनमा आउन लागको यस चलचित्रमा नब नायक लक्की दिपक र जीवन लुइँटेल दाजु भाईको भुमिकामा अभिनय गरेका छन् । चलचित्रमा अन्य कलाकारमा सुमिना घिमिरे, रमेश बुढाथोकी, बाल कलाकार अमिश कँडेलको पनि मुख्य भुमिका रहेको छ । चलचित्रमा बाल मनोबिज्ञानलाई समेत जोड दिएको निर्देशक भटराई ले बताए । गोपाल भण्डारी चलचित्रका कार्यकारी निर्माता हुन् । विपिन आचार्यको संगीत, अष्ट महर्जनको द्धोन्द रहेको चलचित्रमा धिरेन्द्र प्रसाद भट्टको छायांकन रहको छ ।