उपत्यकामा पनि प्रेम गीत २ को कन्सर्ट


सेलिब्रेटी नेपाल
प्रचारको सिलसिलामा मोफसलका बिर्तामोड, चितवन, पोखरा, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, दमक, धरान, इटहरी लगायत दर्जन बढि शहरमा सांगीतिक धमाका सहितको कन्सर्ट सम्पन्न गरेको चलचित्र ‘प्रेम गीत २’ले उपत्यकामा पनि कन्सर्ट गर्ने भएको छ ।

युनिटले शुक्रबार र शनिबार उपत्यकाको बिभिन्न स्थानमा कन्सर्ट गर्ने तयारी गरेको हो । शिर्ष भुमिकामा अभिनय गरेका कलाकार सहित चलचित्र युनिट कन्सर्टमा उत्रिन लागेको हो ।
युनिटले शुक्रबार ललितपुरको लगनखेल बसपार्क र भक्तपुरको बसपार्क क्षेत्र र शनिबार गंगबुको बिजिमहल र चन्द्रागिरी क्षेत्रमा कन्सर्ट गर्न लागेको निर्माता सन्तोस सेनले जानकारी दिए ।

बर्ष ०७४ प्रतिक्षित सुचिमा रहेको चलचित्र ‘प्रेम गीत २’ १३ साउनबाट देशभर एकसाथ प्रदर्शनमा उत्रदैछ । चलचित्रमा प्रदीप खड्का, अश्लेषा ठकुरी र निर्माता सेनको मुख्य भुमिका देख्न सकिन्छ ।
आफुसँग भेट्ने दर्शकको चाहाना पुरा गर्न कन्सर्ट आयोजना गरिएको अभिनेता प्रदीपले बताए । उपत्यका बाहिरको कन्सर्टमा हजारौ युवतीहरुबाट घेरिएका उनले कन्सर्टबाट चलचित्रको प्रमोसन पनि हुने र दर्शकको कलाकारसँग तस्बिर खिच्ने, नजिकिने चाहाना पनि पुरा हुने धारणा राखे ।

प्रेमकथाको बिषयमा निर्माण भएको चलचित्र रामशरण पाठकले निर्देशन गरेका हुन् । ‘प्रेम गीत’ अभिनयका कारणले दर्शकमा राम्रो क्रेज बनाउन सफल प्रदीपको यो महत्वकांक्षी चलचित्र पनि हो । हरेक पक्ष उत्कृष्ट रहेको दाबी गरिएको चलचित्र बर्मा, थाइल्याण्ड र नेपालका महँगा मानिएका लोकेसमान छायाँकन गरिएको छ । चलचित्रको ट्रेलरमा समेटिएको एक्सन हेर्दा पनि अभिनेता प्रदीप ढलेको दृश्य निकै रोचक छ । प्रदीपको भुमिका कस्तो छ, प्रदीपलाई त्यसरी हिर्काउने ब्यक्ति को हुन्, उक्त दृश्यको चलचित्रमा के महत्व छ भन्ने जस्ता कौतुहलता ट्रेलरले दर्शकमा जगाउन सफल देखिन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
विशेष संवाददाता: सुशील नेपाल

सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2024 | All Right Reserved.