बेलायत थर्ड आइ टिमको च्यारिटी बाट २० लाख संकलन


सेलिब्रेटी नेपाल काठमाडौँ

शनिबार बेलायत स्थित एल्डरशटको एम्पाएर हलमा रुम्जाटार गुम्बा च्यारिटी नाइट सम्पन्न भयो । बेलायतको थर्ड आइ टिमले आयोजना गरेको सो च्यारिटी कार्यक्रमबाट २० लाख भन्दा बढी रकम संकलन भएको कार्यक्रम संयोजक बिष्णु गुरुङले जानकारी दिए । उनले सो रकम ओखलढुंगाको रुम्जाटारमा निमार्णाधीन गुम्वालाई सहयोग गरिने पनि बताए ।

थर्ड आईको निमन्त्रणामा बेलायत आएका कलाकारहरु आनन्द कार्की, सुकमित गुरुङ, मीनादेवी निरौला, राजु राजबाहक, सरु थापा, रवि डंगोल, नम्रता योगी सहित मीरा राणा , मौसमी गुरुंग र स्थानीय सयपत्री कल्चर समूहले बिबिध साँगितिक प्रस्तुती दिएका थिए । आयोजक संस्थाका बिकास देवकोटाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकारहरु, दर्शक र आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिए । कार्यक्रममा एनआरएनएका उपाध्यक्ष कुल आचार्य, एनआरएनए युकेका अध्यक्ष योग फगामी, उपाध्यक्ष शेर सुनार सहित बाक्लो उपस्थिति थियो ।