उज्ज्वल र खुश्बु बने पहिलो ‘मिस्टर एण्ड मिस एम्पेरर’, अब चलचित्रको लागि प्रतिस्पर्धा हुने


सेलिब्रेटी नेपाल काठमाडौँ

‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को काठमाण्डौको लागि ग्राण्ड फिनाली सम्पन्न भएको छ । बिहिवार राष्ट्रिय सभागृहमा भएको प्रतियोगिताबाट पुरुषतर्फ उज्ज्वल दुलाल विजेता बने भने महिलातर्फ खुश्बु गिरी विजेता बनिन् ।

दुलाल र गिरीले अब दोश्रो चरणको प्रतियोगितामा सहभागिता जनाउन पाउने भएका छन् । ‘मिस्टर एण्ड मिस एम्पेरर’का यि दुई विजेताले म्यूजिक भिडियो लगायतमा अवसर पाउनेछन् । दोश्रो चरणको विजेताले भने चलचित्रमा अभिनयको अवसर पाउनेछन् । काठमाण्डौ जसरी नै देशभरका अन्य नौ शहरमा पहिलो चरणको प्रतियोगिताका विजेताहरुले दोश्रो चरणको प्रतियोगितामा भाग लिन पाउने बताईएको छ ।

काठमाण्डौको फिनालीमा पुरुषतर्फ ओजस्वी थापा र सुरज खत्री क्रमश: फर्स्ट रनरअप र सेकेण्ड रनरअप बन्न सफल भए भने महिलातर्फ सुप्रभा खत्री र स्वस्तिका सापकोटा क्रमश: फर्स्ट रनरअप र सेकेण्ड रनरअप बन्न सफल भए । फर्स्ट रनरअप र सेकेण्ड रनरअपले समेत दोश्रो चरणमा स्पर्धा गर्न पाउनेछन् ।

फिनालीमा नायक गौरव पहारी, चलचित्र निर्देशक अमरदीप सापकोटा, नायक सञ्जोग कोईराला, निर्माता कृषा चौलागाईँ लगायत निर्णायकको रुपमा रहेका थिए । कार्यक्रममा नायक सलिनमान बनिया, नायिका पुजा शर्मा, निर्माता अशोक शर्मा, नायक निराजन प्रधान, नायिका नम्रता सापकोटा, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई लगायतको उपस्थिती थियो ।

यूवा कलाकारहरुको समेत सहभागिता रहेको पर्फेक्ट प्लान इन्टरटेन्मेण्टले प्रतिभावान व्यक्तिहरुको लागि नयाँ अवसर दिने भन्दै यो प्रतियोगिताको आयोजना गरेको हो । यो कार्यक्रम आयोजना टीममा नायकद्वय सलोन बस्नेत र आमेश भण्डारी तथा यूविका श्रेष्ठ र रबिन कँडेल रहेका छन् भने अन्य केहि कलाकर्मीले साथ दिईरहेका छन् ।

देशभरका प्रतिभालाई नेपाली चलचित्र तथा संगीत क्षेत्रमा बिशेष अवसर दिने उद्देश्यका साथ आयोजना भएको ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को देशभरका अन्य नौ शहरमा अडिशन हुनेछ । प्रतियोगिता दुई चरणमा हुनेछ । काठमाण्डौ सहित पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धरान, हेटौँडा, विराटनगर, बाग्लुङ्ग र म्याग्दीमा ‘मिस्टर एण्ड मिस एम्पेरर’ हुनेछ । विजेता बनेरका तथा फर्स्ट रनरअप र सेकेण्ड रनरअप गरी हरेक शहरबाट छ-छ जनाले ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ प्रतियोगितामा भाग लिन पाउनेछन् ।

दश वटै शहरका विजेताले पर्फेक्ट प्लानको तर्फबाट म्यूजिक भिडियोमा ब्रेक पाउनेछन् । दोश्रो चरणमा ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ विजेताले नेपाली चलचित्रमा ब्रेक पाउने बताईएको छ । यसको साथमा नगद पुरस्कार तथा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन् ।