उदित नारायणले किन नेपाली फिल्ममा मात्र होइन हिन्दिमा पनि काम पाउन छाडे


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली मुलका उदित नारायण झाले बलिउडमा दुइ दशक आफ्नो धुम मचाउन सफल बने फिल्म ‘कयामत से कयामत तक’ मा समाबेश पापा कहेते हे बडा नाम,फिल्म ‘दिल’ मा समाबेश मुझे निन्द नाआए,फिल्म ‘आशिकी’मेरा दिल तेरा लिए,लगाएत थुप्रै सुपर हीट गीत गाएका छन् । करिब १५००० गीतमा स्वर दिई सकेका झा हिन्दि फिल्ममा मात्र होइन नेपाली फिल्मका लागि पनि पहिलो नम्बरका गायक थिए ।

कुनै बेला थियो जति पनि फिल्मका गीतमा उदित नारायण झाको आवाज हुन्थ्यो । उदितको आवाजमा रेकर्ड भए पछि हिट हुन्थ्यो । आजभोली हिन्दि फिल्ममा उदितको आवाज समाबेश हुन छाडेको छ । हिन्दि फिल्ममा मात्र होइन नेपाली फिल्म मा पनि उदितको आवाज समाबेश हुन छाडी सकेको छ । उदीतको बिकल्पमा नेपालमा पनि थुप्रै गायक भएका कारण र उनि इन्डियामा बस्ने भएका कारण नेपाली गीतमा उनको स्वर सुनिन कम भएको एक जना संगीतकार बताउछन् । इन्डियामा पनि उदितले आजकल काम पाउन छाडेका झन् २०१६ मा झाले जम्मा दुइ वटा हिन्दि फिल्ममा काम गर्ने अवसर पाएका थिए । त्यस्तै २०७३ मा नेपालीमा भने एउटा फिल्ममा मात्र काम गर्न पाएका थिए ।