टर्कीमा प्रदिप र प्रियंकाको रोमान्स खिच्दै सकियो लिलिबिली छायांकन


सेलिब्रेटी नेपाल काठमाडौँ

मिलन च्याम्प्स निर्देशित चलचित्र लिलीबिलि को सम्पूर्ण छायांकन सकिएको छ । लण्डन,स्कटल्याण्ड हुँदै टर्कीको राजधानी इस्तानबुलमा यो चलचित्रको छायांकन सम्पन्न गरियो । ५० औ दिन प्रियंका र प्रदिपलाई फिचरिङ गरिएको गीत खिच्दै छायांकन समाप्तीको घोषणा गरियो ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा प्रदिप खड्का, प्रियंका कार्की, अनुपविक्रम शाहीसँगै नव नायिका जसीता गुरुङको मूख्य भुमिका रहेको छ । चलचित्रमा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्स लगानी रहेको छ । चलचित्र आउँदो नयाँ बर्षको अबसर पारेर चैत्र ३० गते बाट सार्बजनिक प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी गराएको छ ।