तुल साम्सुहाङको ‘सुरुवात’ सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
युवा गायक तुल साम्सुहाङ राईले गाएका आधुनिक तथा पप गीतहरुको एल्बम ‘सुरुवात’ शुक्रवार काठमाडौंमा लोकार्पण गरिएको छ । वरिष्ठ संगीतकार गणेश रसिक, गायिका कुन्ति मोक्तान, कलाकार प्रकाश आङ्देम्बे तथा साहित्यकार उपेन्द्र सुब्बाले संयुक्त रुपमा उक्त एल्बम सार्वजनिक गरेका हुन् ।

विगत चार वर्षदेखि अमेरिकामा बसोबास गरिरहेका गायक राईको यो पहिलो एल्बम हो । एल्बममा माया, दिन बित्छ पखाईमा, चञ्चले कान्छीको, लाखौं जुनी, जून मुस्काइ रहेछ, केवल तिम्रो तथा गोर्खे सलाम शीर्षकका सात वटा गीतहरु समावेश छन् । एल्बमका गीतमा बाबु बोगटी, किरण गजमेर, डम्बर नेपाली, प्रताप सुब्बा, गणेश सेन्चुरी, प्रवेश राई तथा टंक बुढाथोकीको संगीत निर्देश्ँन छ । यी गीतहरु सौरभ तिम्सिना, डम्बर नेपाली, प्रताप सुब्बा, नविन प्राचिन, विश्वास लामा तथा टंक बुढाथोकीको शब्द सुन्न सकिन्छ । एल्बमका गीतहरुमा बाबु प्रधान, मोहित मुनाल, अशोक लोहारुङ राई, सुजिल कर्माचार्य तथा टंक बुढाथोकीको संगीत संयोजन छ ।

विमोचन गरिएको ‘सुरुवात’ का सबै गीतहरु अमेरिकामा रेकर्डिङ गरिएका हुन् । गायक अमेरिकामा नै बस्दै आइरहेका
छन् विमोचित एल्बमलाई तुलसी ईन्टरटेन्मेन्टले बजार व्यवस्थापन गरेको छ । विमोचन समारोहमा एल्बमको ‘माया…’ गीतको म्युजिक भिडियो पनि प्रिमियर गरिएको छ । उक्त अवसरमा गायक राईले हास्य अभिनेता शुलेमान शंकर ‘इकु’ द्वारा मुलपानीमा सञ्चालित स्नेह आश्रमका लागि नगद २५ हजार रुपैया हस्तान्तरण गरे ।