त्रिकोणात्मक प्रेमकथा ‘रेनी’ ट्रेलर र गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

भदौ ८ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘रेनी’ को ट्रेलर तथा गीत सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत तथा ट्रेलर सार्बजनिक गरिएको हो । बिमला मल्ल र संजिव मल्लले निर्माण गरेको ‘रेनी’ त्रिकोणात्मक प्रेमकथामा बनेको छ ।

सरोज खनाल, सुरवीर पण्डित (दारी बा), दीपक ढकाल, गिरिश रिजालका साथमा नवनायिका सनम मल्ल प्रमुख भूमिकामा रहेको चलचित्रलाई गिरिश रिजाल (समीप) ले निर्देशन गरेका हुन् । नवनायिका सनमले लेखेको चलचित्र काठमाडौ उपत्यका तथा कुलेखानीका बिभिन्न स्थानमा खिचिएको हो । चलचित्रमा एक्शन,लभ,कमेडीका साथै सामाजीक सन्देशसमेत रहेको निर्मात्री बिमला बताउँछिन् ।

बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत तथा सनम मल्ल र गुरु भुटियाको गीत रहेको चलचित्र जयराम थापाले खिचेका हुन् । गोबिन्द शाहीले बितरण गर्ने चलचित्रमा राजु किराँतको द्धन्द्ध र अनिश लामा मदन खड्काको कोरियोग्राफी रहेको छ ।