चलचित्र कर्मिको आन्दोलन चलि रहेको बेला तिन चलचित्रको मुहर्त


सेलीब्रेटी नेपाल माघ ९ गते-चलचित्र कर्मिको आन्दोलन चलि रहेको बेला तिन चलचित्रको मुहर्त सम्पन्न भयको छ । सबिर श्रेष्ठले निर्देशन गर्न लागेको चलचित्र आधि बाटो,सुमन दाहाल निर्देशन गर्न लागेको चलचित्र नो स्मोकिङ,सिर्जना बस्नेतले निर्माण तथा गोबिन्द उप्रेतीले निर्देशन गर्न लागेको चलचित्र गुड लक को यसै साता शुभ मुहर्त सम्पन्न भयको छ ।

रमेश त्वयनाको निर्माणमा तयार हुन लागेको चलचित्र आधि बाटो को शुभमुहुर्त सोमबार गरिएको छ । सबिर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको चलचित्रमा सबिन श्रेष्ठ, अनु शाह, यश कुमार, जेनिशा केसी, रूबी राणा, धिरेन शाक्य लगायतका कलाकारको अभिनय रहने छ । चलचित्रमा नवराज थापाको छायांकन, जगदिश्वर थापाको कथा रहनेछ ।

नायिका सिर्जना बस्नेतले निर्माण गर्न लागेको चलचित्र ‘गुड लक’ को पनि सोमबार बिहान शुभमुहुर्त गरिएको छ ।शुभमुहुर्त कार्यक्रममा निर्देशक शोभित बस्नेत, वितरक सुनिल मानन्धर, संचारकर्मी तथा कलाकार सरोज केसी लगायतका चलचित्रकर्मीको उपस्थिती थियो । दिक्षा श्रृजना फिल्मस् प्रा.लीको व्यानरमा तयार हुन लागेको चलचित्राई गोबिन्द गौतमले निर्देशन गर्न लागेका हुन् । चलचित्रमा श्रृजना बस्नेत र नब नायक नवराज श्रेष्ठको अभिनय रहने भएको छ ।

सुमन दाहालले निर्देशन गर्न लागेको चलचित्र नो स्मोकिङको आइतबार बिहान बुढानिलकण्ठ स्थित नारायणथान मन्दिरमा शुभ मुर्हत सम्पन्न भयको छ चलचित्रका निर्माता मुरारी पोखरेलल हुन भने कलाकार हरु झरना थापा,महिमा सिलवालका साथमा नव नायक सञ्जय खतिवडा र दिनेश देवकोटाको अभिनय रहने छ ।